FAQs Complain Problems

गाउँपालिका अध्यक्षज्यूको मन्तव्य

स्थानीय तह निर्धाारण तथा सिफारिस अयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७५३ स्थानिय तह घोषण गर्दा ओखलढुंगा जिल्लाका साविकका च्यानम, कटुन्जे, मूलखर्क, सिस्नेरी र बलखु गरी ५ गा.वि.स.हरुलाई समेटी सुनकोशी गाउँपालिका स्थापना गरिएको थियो । ओखलढुंगा जिल्लामा रहेका तत्कालिन ५६ वटा गाविसलाई संघीय पुनःसंरचना अनुसार १ नगरपालिका र ७ गाँउपालिका मध्ये सुनकोशी गाउँपालिका एक हो । लामो समय सम्म निर्वाचित जनप्रतिनिधि विहिन भई संचालनमा रहेका स्थानीय निकायहरुको पूर्नसंरचना सगै स्थानीय तहको निर्वाचन समेत सम्पन्न भैसकेको र २०७३ असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट गाँउपालिकाको प्रमुख पदमा मलाई निर्वाचित गरी गाँउपालिकाको विकास निर्माणको अभिभारा सुम्पने सम्पूर्ण गाउँबासी आमा, वुवा, दाजु, भाई तथा दिदि, वहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।