बि.सं. २०७३ साल फागुन २७ गते नेपाल सरकारले स्थानीय तहहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित भए बमोजिम स्थानीय तह निर्धारण तथा सिफारिस आयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७५३ र ओखलढुंगा जिल्लामा ८ वटा स्थानीय तह घोषणा गर्दा सुनकोशी गाउँपालिकालाई १० वटा वडामा बिभाजिन गरिएको छ । ओखलढुंगा जिल्लाका साविकका कटुञ्जे, च्यानम, मुलखर्क, सिस्नेरी र बलखु गरी ५ वटा गा.वि.स हरु मिलाएर सुनकोशी गाउँपालिका घोषणा गरे अनुसार २०७३ साल अषाढ २३ गते विधवित रुपमा स्थापना भएको हो ।
स्थानीय तह निर्धाारण तथा सिफारिस अयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७५३ स्थानिय तह घोषण गर्दा ओखलढुंगा जिल्लाका साविकका च्यानम, कटुन्जे, मूलखर्क, सिस्नेरी र बलखु गरी ५ गा.वि.स.हरुलाई समेटी सुनकोशी गाउँपालिका स्थापना गरिएको थियो ।